समाज


ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवारको घटनास्थलमै मृत्यु

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवारको घटनास्थलमै मृत्यु

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १०:१६, तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ। 

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बर ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमै मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .