समाज


नवलपुरमा पाटेबाघ मृत फेला, पशु चिकित्सकसहितको टोली अनुसन्धान गर्दै

नवलपुरमा पाटेबाघ मृत फेला, पशु चिकित्सकसहितको टोली अनुसन्धान गर्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८० शनिबार ६:४८, नवलपरासी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा पाटेबाघ मृत फेला परेको छ। 

मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले  घटनाबारे अनुसन्धान गरिरहेको छ। 

‘करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .