ad ad

समाज


तनहुँको बन्दीपुर र ब्यासमा पौडी खेल्ने क्रममा २ किशोर र १ बालकको मृत्यु

तनहुँको बन्दीपुर र ब्यासमा पौडी खेल्ने क्रममा २ किशोर र १ बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८१ आइतबार ७:४८, तनहुँ

शनिबार तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोर र एक बालकको पनि मृत्यु भएको छ। 

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई किशोर र ब्यासमा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शनिबार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र २० वर्षीय हीरा गुरुङको बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो। 

गाउँका छजना साथी सँगै पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो। अन्य चार युवक भने सकुशल रहेका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए।

त्यसैगरी तनहुँकै ब्यास नगरपालिका–३ झोलुंगेपुल नजिकै मादी नदीमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालकको शवको सनाखत हुन सकेको छैन्।

मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .