ad ad

समाज


बाघको आक्रमणबाट गोरखामा २ जना घाइते

बाघको आक्रमणबाट गोरखामा २ जना घाइते

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८१ बिहिबार ६:४५, गाेरखा

गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्। 

पालुङटार नगरपालिका–७ च्याङलिङस्थित बगरखेतमा बुधबार स्थानीय ७६ वर्षीय गनबहादुर कुमाल र सोही ठाउँका ६३ वर्षीय राजमान कुमाललाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट दुबैजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।  

राजमानलाई मर्स्याङ्दी नदीमा माछा मार्न जाँदा र गनबहादुरलाई स्थानीय जंगलमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको हो। 

घाइते दुबैको घाँटी, खुट्टा र शरीरका विभिन्न भागमा चोट छ। राजमानको तनहुँस्थित डुम्रे अस्पतालमा र गनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .