समाज


मादक पदार्थ खाएका ७० वर्षीय वृद्धले चिपर्ट प्रहार गर्दा छिमेकीको मृत्यु

मादक पदार्थ खाएका ७० वर्षीय वृद्धले चिपर्ट प्रहार गर्दा छिमेकीको मृत्यु

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ७:४५, तनहुँ

तनहुँको बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। 

बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

मादक पदार्थ सेवन गरेका सोही ठाउँका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। 

उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो। कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad