समाज


वडाध्यक्षको आफ्नै खर्चमा गाउँको चोकमा राखिदिए इन्टरनेट सेवा, स्थानीय खुसी

वडाध्यक्षको आफ्नै खर्चमा गाउँको चोकमा राखिदिए इन्टरनेट सेवा, स्थानीय खुसी

नेपालखबर
माघ १५, २०८० सोमबार १२:३९, साेलुखुम्बु

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा गाउँमा इन्टरनेट सेवा उपलव्ध गराएका छन्।

आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा उनले स्थानीयलाई इन्टरनेट सुविधाको लागि वाइफाइ सेवा उपलब्ध गराएका हुन्।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए। 

‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी हुने अपेक्षा गरिएको छ,’ उनले भने। 

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउछन्।

इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुने अनुमान गरिएको छ।

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्। सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .