समाज


भुइँमा पछारेर ८ महिने बालकको हत्या गरेको आरोपमा आमा र अर्का पुरुष पक्राउ

भुइँमा पछारेर ८ महिने बालकको हत्या गरेको आरोपमा आमा र अर्का पुरुष पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १३:१२, झापा

झापाको दमकबाट प्रहरीले बालक हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। 

८ महिनाको बालकको हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाका ८ महिनाका छोरा एरित ओलीलाई घिसिङले जमिनमा पछारेर हत्या गरेका प्रहरीले जनाएको छ। 

भूइँमा पछारेपछि बेहोस भएका बालकलाई सुरुमा उपचारको लागि दमक अस्पताल लगिएको थियो। 

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई किओच बाल अस्पताल दमक लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

घटनापछि बालककी आमालाईसमेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .