समाज


दुधकोसीमा पौडी खेल्दा १८ र २० वर्षका २ युवक डुबे

दुधकोसीमा पौडी खेल्दा १८ र २० वर्षका २ युवक डुबे

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार ९:२२, भाेजपुर

भोजपुरमा दुधकोसीमा डुबेर दुई युवकको मृत्यु भएको छ। 

बुधबार दिउँसो आमचौक गाउँपालिका–१० स्थित दुधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार दिउँसो पौडी खेल्ने क्रममा आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई डुबेका हुन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शवलाई नदीबाट निकालेर पोष्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .