समाज


ताप्लेजुङमा विद्यार्थी सवार ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु, ८ जना घाइते

ताप्लेजुङमा विद्यार्थी सवार ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु, ८ जना घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ९:३५, ताप्लेजुङ

ताप्लेजुङमा विद्यार्थी सवार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। घटनामा अन्य ८ जना घाइते भएका छन्। 

पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार स्कुले विद्यार्थी सवार प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय किरण तामाङका छोरा ९ वर्षीय मनिष तामाङको मृत्यु भएको हो। 

‘काठको गोलिया लिन जाँदै गरेको खाली ट्याक्टरमा स्थानीय सिद्धेश्वरी माविका विद्यार्थी चढेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल लुंगेलीले भने, ‘ग्रामिण सडकमा ट्याक्टर दुर्घटनामा परेछ। स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ८ जना घाइते छन्।’

खहरेबाट डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए।  

मृतक बालक सिद्धेश्वरी माविमा कक्षा ६ मा अध्ययनरत थिए। घाइते ८ जना बालबालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ। 

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालकको नाम पनि नखुलेको प्रहरी निरीक्षक लुंगेलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .