ad ad

समाज


जंगलमा निउरो टिप्न गएकी युवती भालुको आक्रमणमा परिन्

जंगलमा निउरो टिप्न गएकी युवती भालुको आक्रमणमा परिन्

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार ८:३५, नवलपरासी

नवलपरासीको बर्दघाटमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते भएकी छन्।

बर्दघाट नगरपालिका- २ संसारकोट निवासी ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा आइतबार दिउँसो स्थानीय जंगलमा गएको बेला भालुको आक्रमणमा परेकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले दिएको जानकारी अनुसार खिममाया आइतबार दिउँसो साढे १ बजे आफ्नो घरबाट झण्डै दुई किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निउरो टिप्न जाँदा भालुले आक्रमणमा परेकी हुन्।

भालुले चिथोर्दा उनको अनुहारमा गम्भीर चोट लागेको छ। 

उनलाई सुरुमा पचारको लागि आफन्तले चिसापानी अस्पताल चिसापानी लगेका थिए। त्यहाँ सामान्य उपचार पश्चात उनलाई आइतबार साँझ थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। 

घाइतेको अवस्था सुधारोन्मुख रहेको डीएसपी बोहोराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .