अत्यधिक गर्मी बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विद्यालय पाँच दिन बन्द भएका छन्।
केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए।
दाङमा तापक्रम बढेर ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि उपमहानगरपालिकाको शिक्षा समितिको बैठकले पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गगरेको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए।
देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द गर्ने निर्णय गरेको छ। रासस
3
Shares
प्रतिक्रिया