दाङमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गएराति शान्तिनगर गाउँपालिका– १ नयाँ बस्तीस्थित गुन्डले खोलाबाट ढुंगा लिएर खिलतपुरतर्फ जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा शान्तिनगर गाउँपालिका– २ का ३९ वर्षीय भिमबहादुर बुढाथोकी, ५२ वर्षीय लाटो राना, २३ वर्षीय उमेश भण्डारी र ५१ वर्षीय धनबहादुर भण्डारी घाइते भएका हुन्।
घाइतेमध्ये धनबहादुर भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन्।
3
Shares
प्रतिक्रिया