बाँकेको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।
आइतबारदेखि हराइरहेकी स्थानीय ४५ बर्षीया लक्ष्मी थारुलाई चितुवाले मारेको अवस्थामा जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै शव फेला परेको हो।
उनको शव सोमबार फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए।
गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरिएको थियाे।
क्यामेराको फुटेज हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको छ। सो घटनापछि स्थानीय आतङ्कित भएका छन्। उक्त चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागिएकाे गुप्ताले बताए।
‘हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ’, उनले भने। मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए। रासस
Shares

प्रतिक्रिया