भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देशैभरि व्यापक तोडफोड, लुटपाट र आगजनी भयो।
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयसहित विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी भवनहरूमा आन्दोलनकारीले क्षति पुर्याए।
अहिले विभिन्न निकालयले आन्दोलनका क्रममा लुटिएका सरसामान फिर्ता गर्न भन्दै सार्वजनिक सूचना जारी गरिरहेका छन्।
कतिपय संस्थाले लुटिएका सामान फिर्ता नगरे सीसीटीभी फुटेजका आधारमा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिँदै गर्दा दाङको एउटा वडा कार्यालयले भने लुटिएका सामान फिर्ता गर्न भन्दै ‘भद्र’ ढंगको सूचना जारी गरेको छ।
घोराही उपमहानगरपालिका-४ का वडाध्यक्ष मधुसुदन शर्मा (घिमिरे)ले जारी गरेको सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
वडाध्यक्ष शर्माले भदौ २९ गते जारी गरेको सूचनामा भनिएको छ, ‘घोराही उपमहानगरपालिका वडा नम्बर-४ को कार्यालय तोडफोड तथा आगजनी हुँदा वडाको सम्पत्ति हामी सबैको सम्पत्ति हो भनि वडा कार्यालयका महत्वपूर्ण सामग्रीहर" सुरक्षा गर्ने मनसायले आ-आफ्नो घरमा लगेका वडावासीहर"ले वडा कार्यालयमा लगि बुझाइ दिनुहुन विनम्र अनुरोध गर्दछौँ।’
वडाध्यक्ष घिमिरेले भदौ २४ गते वडा कार्यालयबाट चारवटा ल्यापटप र कम्प्युटर, टेबुल पंखा, कुर्सी लगायतका सामान लुटपाट भएको थियो।
‘त्यो दिन हाम्रो अफिसबाट धेरै सामान हराएका थिए। त्यसमध्ये अहिलेसम्म दुईवटा कुर्सीमात्रै फिर्ता आएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘बाँकी सामान अहिलेसम्म फिर्ता भएको छैन। अब हेराैँ के हुन्छ।’
उनले कतिपय सामान कार्यालय बाहिर आगो बालेर जलाइएको बताए।
हेर्नुहोस् वडाध्यक्ष शर्माले जारी गरेको सूचन 
Shares

प्रतिक्रिया