समाज


तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा २ युवकको मृत्यु, २ घाइते

तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा २ युवकको मृत्यु, २ घाइते

दुर्घटनामा परेका दुई माेटरसाइकल


नेपालखबर
असोज ३०, २०८२ बिहिबार ७:४१, काठमाडौँ

बुधबार साँझ अर्घाखाँचीको छत्रदेव गाउँपालिका-१ सौरेखोलामा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना युवा गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोला स्थित खर्ज्याङबाट दुर्गाफाँटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघाबाट जाँदै गरेको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। 

दुर्घटनामा दुवै मोटरसाइकका चालको मृत्यु भएको  प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ मैदान घर भएका २१ वर्षी तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोरे घर भएका ३५ वर्षीय सुमन सुनार रहेका छन्। 

दुर्घटनामा मोटरसाइकको पछाडि सवार अर्घाखाँची पाणेनी घर भएकी १८ वर्षीया दीपा कोइराला र छत्रकोटका सुरज सुनार घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

प्राथमिक उपचारपछि थप उपचारको लागि उनीहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।  

दुवै मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad