समाज


गुल्मीमा २५ वर्षीय युवकले बुवाको हत्या गरे, आमामाथि पनि आक्रमण

गुल्मीमा २५ वर्षीय युवकले बुवाको हत्या गरे, आमामाथि पनि आक्रमण

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ७:२५, गुल्मी

गुल्मीमा एक युवकले बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकको हत्या भएको हो। 

गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार शनिबार उनलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेका हुन्। घरायसी विवादमा उनले बुवा र आमालाई आक्रमण गरेका प्रहरीले जनाएको छ। 

धारिलो हतियार र मुग्रो प्रहार गरेर उनले बुवाको हत्या गरेका र आमालाई गम्भीर घाइते बनाएका हुन्। छोराको आक्रमणबाट बुवाको घटनास्थलमै मृत्यु भएको छ। 

छोराको आक्रमणबाट गम्भीर घाइते ४८ वषीया धनमाया विकलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ। 

हत्यामा संलग्न युवकलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad