अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
सोमबार साँझ भएको दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना.३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम बिक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जीसीले जानकारी दिए।
एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस
2.1k
Shares

प्रतिक्रिया