समाज


सिराहामा विद्यालयबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत, आरोपी युवक फरार

सिराहामा विद्यालयबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत, आरोपी युवक फरार

नेपालखबर
पुस ३, २०८० मंगलबार १०:२१, सिराहा

सिराहाको गोलबजारमा विद्यालयबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी  बलात्कारमा परेको घटना सार्वजनिक भएको छ।

गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोदित दासले किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा अभिभावकले उजुरी दर्ता गरेका छन्। 

गएको बिहीबार विद्यालयबाट घर फर्किने क्रममा दासले आफूलाई ललाइफकाई स्थानीय गागन खोला किनारको लहरीबारीमा पुर्याएर बिहीबार रातभरी बलात्कार गरेको बयान किशोरीले दिएकी छन्। 

बिहीबार विद्यालय गएकी छोरी साँझसम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा शनिबार बिहान उनी गोलबजार ४ को एउटा निर्माणाधिन घरमा फेला परेकी प्रहरीले जनाएको छ।

बालिकाले अभिभावकसमक्ष आफू बलात्कारमा परेको जानकारी गराएपछि आइतबार प्रहरीमा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए। 

बालिकालाई आइतबारै प्रहरीले स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। आरोपी युवकको खोजी सुरु भएको प्रहरीले जनाएको छ। ‘घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौँ,’ कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .