समाज


सर्लाहीमा बोल्न नसक्ने युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान

सर्लाहीमा बोल्न नसक्ने युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३ जना जेल चलान

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार ६:७, सर्लाही

एक महिनाअघि सर्लाहीको बागमतीमा एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन्। 

बागमती नगरपालिका-४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली सर्लाही जिल्ला अदालतको आदेशमा पर्पक्षका लागि कारागार चलान भएका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार मलंगवा चलान गरिएको हो।

उनीहरुले बोल्न नसक्ने ३१ वर्षकी अविवाहित युवतीलाई गएको पुस १० गते राति ११ बजे रक्सी खुवाएर मताएपछि नजिकैको रहरीबारीमा लगेर सामूहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

करणीपछि फरार भएका उनीहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले घटनाको भोलीपल्ट गाउँबाटै पक्राउ गरेको थियो। कारागार चलान हुने २१ वर्षका धनलाल वाइवा अविवाहित युवक हुन भने बाँकी दुई पुरुष विवाहित हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .