उच्च अदालत, पाटनबाट सफाइ पाएकामा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन्।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको ८ वर्ष जेल सजायको फैसला उल्टाउँदै बुधबार उच्च अदालत, पाटनले सन्दीपलाई सफाइ दिएको हो।
सोलगत्तै माओवादी केन्द्रका उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्।
सन्दीपलाई सफाइ दिएकामा उच्च अदालतलाई धन्यवाद दिँदै शर्माले अब नेपाली क्रिकेटले उचाइ हासिल गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘क्रिकेटर सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद। नेपाली क्रिकेटले नयाँ उचाइ हासिल गर्नेछ।’
सफाइ पाएकामा सन्दीपलाई बधाई दिने उच्च तहका नेता सम्भवतः शर्मा पहिलो हुन्।
Shares
प्रतिक्रिया