समाज


बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १०:२४, बैतडी

बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

महाकाली राजमार्गमा पर्ने बैतडीको सतबाँझ-सिल्लेगडा सडकखण्डस्थित सुर्नया गाउँपालिका-३ सिदुनमा आज बिहान जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

धनगढीबाट बैतडीको तल्लादेही तर्फ जाँदै गरेको सुदूर पश्चिम प्रदेश ०२००१ज ३८५ नम्बरको जिप बुधबार बिहान २ बजे दुर्घटनामा परेको हो। 

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की,  डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की घाइते भएका प्रहरीले जनाएको ।

घाइतेमध्ये  प्रदीप र रेखाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। 

जिप सडकबाट करिब ६५ मिटर तल खसेको छ। दुर्घटनापछि जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .