ad ad

समाज


सुदूरपश्चिमका पहाडी राजमार्ग पहिरोले अवरुद्ध

सुदूरपश्चिमका पहाडी राजमार्ग पहिरोले अवरुद्ध

सडकमा पहिराे खसेपछि राेकिएका गाडी


गोकुल जोशी
असोज १०, २०८१ बिहिबार ९:५६, कञ्चनपुर

पहिरो खसेपछि सुुदूरपश्चिमको पहाडी भूभागमा यातायात अवरुद्ध भएको छ। बुधबार राति पहिरो खसेर सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात अवरुद्ध बनेको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा पहिरो खसेको छ। 

अहिले जेसिबीको सहायताले पहिरो पन्छ्याउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले जानकारी दिए।

आज बिहान हिलोसहितको पहिरो पन्छाएपछि केहीबेर यातायात सुचारु भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकोले सडक पुनः अवरुद्ध बनेको छ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो खसेर अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्। ट्राफिक प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रडुवास्थित केआई सिंह राजमार्गमा पनि पहिरोले अवरुद्ध छ।

जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको छबिस पाथिभेरा गाउँपालिका–१ तैमल र जाली बगरमा पनि पहिरोले सडक अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएको छ। पहिरो पन्छ्याएर यातायात सञ्चालनको प्रयास भइरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .