साफ यू–१८ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
भारतको जमसेदपुरस्थित जेडीआर टाटा स्पोर्टस् कम्प्लेक्समा हुने खेल साँझ ७ बजेपछि सुरु हुनेछ। च्याम्पियनसिपमा दोस्रो खेल खेल्न लागेको नेपाली टोली पहिलो जितको खोजीमा मैदान उत्रँदैछ।
नेपाली टोलीले पहिलो खेलमा आयोजक भारतसँग ७–० को फराकिलो हार व्यहोरेको थियो।
नेपालले च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग २१ तारिखमा खेल्नेछ।
डबल राउण्ड रोबिनमा हुने खेलको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत र बंगलादेश सहभागी छन्।
30
Shares
प्रतिक्रिया