राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वितरण गरेको स्पोर्टस् अवार्डमा प्रशिक्षक टमाटा दशकको उत्कृष्ट प्रशिक्षक घोषणा भएका हुन्।
टमाटाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस्तै २०७५ मा भएको यूएईविरुद्धको दुबै सिरिज जिताउन महत्वपूर्ण योगदान दिएका थिए। नेपालले यूएईविरुद्ध एकदिवसीय सिरिजमा २–१ ले र टी–२० क्रिकेट सिरिजमा पनि २–१ ले नै सिरिज जितेको थियो।
36
Shares
प्रतिक्रिया