ad ad

खेल


‘गणेशमान सिंह फाउन्डेसन’ राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि, १० टिम सहभागी हुने

‘गणेशमान सिंह फाउन्डेसन’ राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि, १० टिम सहभागी हुने

नेपालखबर
चैत १३, २०७८ आइतबार १७:२६, काठमाडौँ

गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ।

नेपाल सितारियो कराते संघले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो।

संघको वार्षिक क्यालेन्डर अनुसार हुने प्रतियोगिता वीर गणेशमान फाउन्डेसन नेपाल सितारियो कराते डो संघ, शाखा डोजो सतुङगलको संयुक्त आयोजनामा हुन लागेको हो। 

मंगलबार सुरु हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टोली सहभागी हुने कार्यक्रम संयोजक बद्री न्यौपानेले बताए। 

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र माथिको तौल समुह तथा एकल र टिम काता गरि ९ इभेन्टमा स्पर्धा हुने आयोजकले जनाएको छ। 

महिलातर्फ ४५, ५०, ५५, ६१, ६७ केजी मुनिको तौल समूह र ६८ केजी माथिको तौल समूह तथा एकल र टिम काता गरी ८ इभेन्टमा स्पर्धा हुनेछ। कूल १७ इभेन्टमा १७ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ। 

प्रतियोगिता काठमाडौको सतुङगलस्थित डि.वी पार्टी भेन्युमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .