ad ad

खेल


डेनमार्कको टोलीमा एरिक्सनको पुनरागमन

डेनमार्कको टोलीमा एरिक्सनको पुनरागमन

नेपालखबर
चैत १४, २०७८ सोमबार ७:१, काठमाडौँ

गत वर्षको जुन महिनामा भएको युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा डेनमार्कका क्रिस्टियन एरिक्सन मैदानमै ढलेका थिए।

उनलाई हृदयाघात भएको थियो। त्यसपछि उपचारको क्रममा रहेका एरिक्सन आइतबार पहिलोपटक नेदरल्याण्ड्सविरुद्धको खेलमा डेनमार्कको राष्ट्रिय टोलीमा फर्किएका हुन्।

आइतबार भएको खेलमा उनको टोली नेदरल्याण्ड्ससँग ४–२ गोल अन्तरले पराजित भयो। यद्यपि दोस्रो हाफमा मैदान प्रवेश गरेका एरिक्सनले दुई मिनेटमा नै गोल गर्दै आफ्नो पुनरागमन यादगार बनाए। 

खेलपछि प्रतिक्रिया दिँदै एरिक्सनले आफ्नो पुनरागमनको यो खेल निकै उत्कृष्ट रहेको बताए। 

‘मलाई यो कुराको खुसी छ कि मैले फेरि बल खेल्न पाएँ’, उनले भने। उनले यसरी पुनरागमन गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गरे। आम्सटर्डममा भएको खेलमा एरिक्सनले गोल गर्दा दर्शकदीर्घामा ठूलो उल्लास देखिएको थियो।

एरिक्सनको गोलमा खुसीयाली मनाउनेमा नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गाल पनि थिए।

‘यो स्थान मेरोलाई सध्रैं प्रिय थियो र आज यो स्टेडियममा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न पाएकाले  झन् धेरै विशेष बनेको छ’, एरिक्सनले भने।

यद्यपि खेल सकिएपछिको अन्तर्वार्तामा केहीले उनीमाथि सिक्काले प्रहार गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .