त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
टीयू क्रिकेट मैदानमा केही समयमा हुन गइरहेको खेलमा यसअघि टी–२० टोलीमा नपरेका रोहित पौडेललाई पनि समावेश गरिएको छ।
यसअघि भएको एकदिवसीय शृङ्खलामा रोहितले एकै इनिङमा १२६ रन बनाउँदै कीर्तिमान कायम गरेका थिए। पीएनजीसँग नेपालले यसअघि सन् २०१५ मा खेलेको टी–२० मा ८ विकेटको जित हात पारेको थियो।
नेपाली टोली
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित पौडेल।
51
Shares
प्रतिक्रिया