इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले अर्को नयाँ टोली लखनऊ सुपर जायन्टलाई ५ विकेटले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा १५८ रन बनाएको थियो। लखनऊका लागि दीपक हुड्डाले ५५ र आयुष बाडोनीले ५४ रनको पाली खेलेका थिए।
गुजरातका मोहम्मद समीले ३ तथा वरुण अरुणले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि राहुल तेवाइताले ४०, हार्दिक पाण्डेले ३३ तथा म्याथ्यु वेड र डेभिड मिलरले समान ३० रन बनाएका थिए।
48
Shares
प्रतिक्रिया