अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको २०औँ विशेष कंग्रेस (विशेष साधारणसभा) बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ।
एन्फाले आगामी जेठ १५ मा निर्वाचन गर्दै छ।
समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्य दामोदर भट्टराईलाई सदस्य तोकेको छ। यस्तै अधिवक्ता सरस्वती श्रेष्ठ र प्रिति कार्की वैकल्पिक सदस्य रहेका छन्।
समितिले एन्फा निर्वाचनमा सहभागी हुने उम्मेदवारका लागि अध्यक्षको हकमा १५ हजार, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ निर्धारण गरेको छ।
एन्फाको विशेष साधारण सभाले गरेका अन्य निर्णयहरु :
27
Shares
प्रतिक्रिया