सेनेगल कतारमा हुने फिफा विश्वकप २०२२ को लागि छानिएको छ।
मंगलबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पछि पार्दै सेनेगलले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
तेस्रो चरणको दोस्रो लेगको खेलमा मंगलबार सेनेगलले इजिप्टमाथि १–० गोल अन्तरको जित हात पारेको थियो।
यसअघि पहिलो लेगम इजिप्ट १–० गोलले विजयी भएको थियो। यो नतिजासँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।
जसमा सेनेगलले इजिप्टलाई ३–१ गोल अन्तरले पाखा लगायो।
90
Shares
प्रतिक्रिया