ad ad

खेल


आईपीएलः हैदराबादमाथि राजस्थानको जित

आईपीएलः हैदराबादमाथि राजस्थानको जित

नेपालखबर
चैत १६, २०७८ बुधबार ७:८, काठमाडौँ

इन्डियन प्रिमियर लिग(आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ६१ रनले पराजित गरेको छ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। राजस्थानका लागि सन्जु सामसनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५५ रनको पाली खेलेका थिए। 

विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो।

हैदराबादको लागि एडेन मार्करमले ५७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहन सकेन।

आज आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .