ad ad

खेल


पोर्चुगल कतार विश्वकपका लागि छनोट

पोर्चुगल कतार विश्वकपका लागि छनोट

नेपालखबर
चैत १६, २०७८ बुधबार ८:२, काठमाडौँ

पोर्चुगल कतारमा हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ।

मंगलबार राति भएको विश्वकप छनोट प्ले अफको फाइनल खेलमा नर्थ म्यासिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले  विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

पोर्चुगललाई जित दिलाउने क्रममा दुवै गोल ब्रुनो फर्नान्डेजले गरेका थिए। प्ले अफको सेमिफाइनलमा इटालीलाई हराउँदै नर्थ म्यासिडोनिया फाइनलमा पुगेको थियो। 

पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा छानिएको हो। पोर्चुगलका ३७ वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोको लागि यो पाँचौं विश्वकप हो।

यो उनको अन्तिम विश्वकप पनि हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। त्यस्तै अर्को खेलमा स्वीडेनलाई २-० ले हराउँदै पोल्याण्ड पनि विश्वकपमा छनोट भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .