ad ad

खेल


विश्वकप छनोटः प्ले अफका लागि छानियो पेरु, चिली र कोलम्बिया बाहिरिए

विश्वकप छनोटः प्ले अफका लागि छानियो पेरु, चिली र कोलम्बिया बाहिरिए

नेपालखबर
चैत १६, २०७८ बुधबार ९:५१, काठमाडौँ

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत पेरुले अन्तरमहादेशीय प्ले अफ खेल्ने भएको छ।

बुधबार बिहान भएको खेलमा पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै पेरुले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

यससँगै विश्वकपमा छनोट हुन पेरुले अब यूएई वा अष्ट्रेलियामध्ये एक टोलीको सामना गर्नुपर्ने हुन्छ।

सन् २०१८ को विश्वकप छनोटमा पनि पेरु पाँचौं हुँदै विश्वकपको प्ले अफको लागि छानिएको थियो। प्ले अफमा न्युजिल्याण्डलाई हराउँदै उसले विश्वकपको यात्रा तय गरेको थियो। 

यससँगै चिली र कोलम्बियाको यस वर्षको विश्वकप खेल्ने सम्भावना सकिएको छ।

कोलम्बियाले बुधबार भएको खेलमा भेनेजुयलामाथि १–० को जित हात पारे पनि पेरुले जित हात पार्दा उसको विश्वकपको सम्भावना सकिएको हो।

पेरुले १८ खेलबाट २४ अंक जोड्यो भने कोलम्बियाले समान खेलबाट २३ अंक हात पारेको हो। चिली भने बुधबारको खेलमा उरुग्वेसँग पराजित भएको छ।

उसले १८ खेलबाट १९ अंक हात पार्‍यो। दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .