ad ad

खेल


नेपाललाई मलेसियाले दियो ११५ रनकाे सामान्य लक्ष्य

नेपाललाई मलेसियाले दियो ११५ रनकाे सामान्य लक्ष्य

नेपालखबर
चैत १६, २०७८ बुधबार १४:४, काठमाडौँ

टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध जितका लागि नेपालले ११५ रनको सामान्य विजयी लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे। अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट झारे। सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। ऐरीले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए। करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे। 

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। 

दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए। उनले १५ बलमा ३ चौका र २ छक्का हाने। 

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए। ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए। सायद अजिज १४ रनमा क्याच आउट भए।

अजिज दिपेन्द्र सिंह ऐरीको बलमा सन्दीपको हातबाट क्याच आउट भए। मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के। उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए। 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवान्यु गिनी(पीएनजी) माथि १५ रनको रोमाञ्चक जित निकालेको थियो। मलेसियाले भने सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले हराएको थियो। 

सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .