ad ad

खेल


‘प्रधान सेनापति ट्रफि’ खेलकुद प्रतियोगिता सुरु

‘प्रधान सेनापति ट्रफि’ खेलकुद प्रतियोगिता सुरु

नेपालखबर
चैत १६, २०७८ बुधबार १८:७, काठमाडौँ

जंगी अड्डास्थित खेल मैदानमा ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले बुधबार प्रतियोगिताको उद्‍घाटन गरेका छन्।

कार्यक्रममा खेलाडीहरुबाट मार्चपाष्ट, विभिन्न सँस्कृति झल्कने झाँकी, सराए नाच तथा सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो। 

२०७९ वैशाख २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपाली सेनाका ४ वटा कमाण्ड र ६ वटा बाहिनी अड्‍डासहित जम्मा २४ वटा टिमहरूको सहभागिता रहेको छ। 

प्रतियोगिता अन्तर्गत आज महिला ४ सय मिटर दौड तथा पुरुष ८ सय मिटर दौडको फाइनल खेल समेत सञ्चालन भएको थियो। 

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु सञ्चालन हुनेछन्।
 

उद्घाटन कार्यक्रममा रक्षा मन्त्रालय तथा युवा खेलकुद मन्त्रालयका पदाधिकारीसहित नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .