टी २० आई त्रिकोणात्मक सिरिजमा नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान कायम गरेका छन्।
सिरिज अन्तर्गतको नेपालको दोस्रो खेलमा ऐरीले मलेसियाविरुद्धको खेलमा २१ रन बनाउने क्रममा सो कीर्तिमान बनाएका हुन्। ऐरीले पूर्वकप्तान पारस खड्कालाई पछि पार्दै नेपालबाट टी २० आईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्।
नेपालबाट यसअघि टी२० आईमा पूर्व कप्तान पारस खड्काले ३३ खेलमा ७ सय ९९ रन बनाएका थिए।
दीपेन्द्रले ३६ खेलबाट ८०३ रन जोडेका छन्। ४० खेलबाट ३४ इनिङ्गमा ७ सय ४८ रन जोड्दै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तेस्रो स्थानमा छन्।
78
Shares
प्रतिक्रिया