ad ad

खेल


९१ हजार दर्शकमाझ रियल मड्रिडमाथि बार्साको सनसनी

९१ हजार दर्शकमाझ रियल मड्रिडमाथि बार्साको सनसनी

नेपालखबर
चैत १७, २०७८ बिहिबार ७:०, काठमाडौँ

महिला च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडमाथि  ५–२ गोल अन्तरको फराकिलो जित हात पारेको छ।

यससँगै समग्रमा ८–३ ले रियललाई हराउँदै बार्सिलोनाले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। 

बुधबार नोउ क्याम्पमा भएको खेल हेर्ने दर्शकको संख्या पनि अहिलेसम्मकै उच्च थियो। बुधबार ९१ हजार ५५३ दर्शक खेल हेर्न रंगशालामा पुगेका थिए। कुनै पनि महिला फुटबल खेल हेर्न रंगशाला पुग्नेको यो संख्या अहिलेसम्मकै उच्च हो। 

यसअघि सन् १९९९ मा भएको महिला विश्वकपमा ९० हजार १९५ दर्शकले रंगशाला पुगेर खेल हेरेका थिए।

बालोन डे’ओरको उपाधि जितेकी बार्सिलोनाकी एलेक्सिस पुटेलासले घरेलु मैदानमा महिला फुटबल हेर्न यति धेरै मानिसहरु आउनुले आफूलाई ‘अवाक’ बनाएको प्रतिक्रिया दिइन्।

‘यो पूर्णरुपमा जादुमयी छ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .