ad ad

खेल


आईपीएलः लखनऊसँग चेन्नई पराजित

आईपीएलः लखनऊसँग चेन्नई पराजित

नेपालखबर
चैत १८, २०७८ शुक्रबार ६:३७, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्टसँग पराजित भएको छ।

बिहीबार भएको खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो। 

विशाल स्कोर खडा गर्ने क्रममा चेन्नईका रोबिन उथप्पाले ५०, शिवम दुबेले ४९, मोइन अली ३५ र अम्बाती रायडूले २७ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको लखनउले शानदार ब्याटिङ गर्दै १९ ओभर ३ बल खेलेर लक्ष्य पूरा गर्‍यो।

लखनउका लागि क्विन्टन डि ककले ६१, एभिन लेविसले ५५, केएल राहुलले ४० रन बनाए। 

चेन्नईले लगातार दोस्रो खेलमा पराजयको सामना गरेको हो। लखनउको लागि भने दोस्रो खेलमा यो पहिलो जित हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .