ad ad

खेल


विश्वकप २०२२ को ड्र शुक्रबार हुँदै

विश्वकप २०२२ को ड्र शुक्रबार हुँदै

नेपालखबर
चैत १८, २०७८ शुक्रबार १२:२५, काठमाडौँ

कतारमा हुने फिफा विश्वकप २०२२ को ड्र शुक्रबार हुँदै छ। विश्वकपको ड्र आयोजना स्थल कतारको दोहामा हुनेछ। 

३२ राष्ट्र सहभागी हुने विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित २९ देश छनोट भइसकेका छन्। विश्वकपका लागि अब ३ देश छनोट हुन बाँकी छन्। 

विश्वकपमा सहभागी हुने ३२ देशलाई ४ वटा पटमा राखिनेछ। पट १ मा आयोजक कतारसँगै वरियताको सातौँ स्थानसम्म रहने टोली हुनेछन्।

पट दुई मा आठौँ वरीयतादेखि १५ सम्म र १६ देखि २३ औँ वरीयतासम्मका टोली पट ३ मा रहनेछन्।

पट ४ मा २४ देखि २८ सम्मका टोली र अन्तरमहादेशीय छनोट र युईएफएका प्लेअफका टोली हुनेछन्। 

कतार विश्वकप २१ नोभेम्बर २०२२ देखि डिसेम्बर १८ सम्म हुनेछ।

अहिलेसम्म को को पुगे विश्वकपमा?

अहिलेसम्म कतार विश्वकपका लागि आयोजक कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेविया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको छनोट भएका छन्।

विश्वकप तालिका

कतार विश्वकप २०२२ मा समूह चरणको खेल नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म हुनेछ। 

अन्तिम १६ को खेल डिसेम्बर ३ देखि ६ सम्म चल्नेछ। सेमिफाइनल डिसेम्बर १३ र १४ मा हुनेछ भने डिसेम्बर १७ मा चौथो स्थानको लागि खेल हुनेछ। 

डिसेम्बर १८ मा विश्वकपको फाइनल खेल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .