ad ad

खेल


महिला फुटबल खेलाडीको सम्मानका लागि पेमाले स्थापना गरिन् अक्षयकोष

महिला फुटबल खेलाडीको सम्मानका लागि पेमाले स्थापना गरिन् अक्षयकोष

पूर्वफुटबल खेलाडी पेमा डोल्मा लामा


नेपालखबर
चैत १८, २०७८ शुक्रबार १५:४३, काठमाडौँ

पूर्वफुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन्। 

पूर्वखेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रहेकी पेमाले विभिन्न प्रतियोगितामा प्राप्त भत्ता तथा अन्य रकममा थप गरी ३ लाखबराबरको अक्षय कोष स्थापना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकी छिन्। 

अक्षयकोषबाट वार्षिक रुपमा ब्याजबापत प्राप्त रकम हरेक वर्ष मार्च ८ का दिन महिला दिवसको अवसर पारेर एक जना पुराना वा नयाँ महिला खेलाडीलाई सम्मान गरिनेछ। 

खेलाडी छनोटका लागि एउटा समिति बनाइने र समितिकै सिफारिसका आधारमा खेलाडी सम्मान गर्ने लामाले बताइन्। 

पुराना महिला खेलाडीहरुले फुटबल विकासमा पु¥याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेलप्रति हौसला प्रदान गर्न आफूले सानो कदम सुरु गरेको लामाको भनाइ छ।  

दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टर समेत रहिसकेकी लामाले अक्षयकोषका लागि आगामी दिनमा पनि रकम थप गर्दै जाने जानकारी दिइन्।

लामा महिला फुटबलमा पहिलो नेपाली गोलकर्ता पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .