ad ad

खेल


सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मी ब्रान्डको प्रायोजन

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मी ब्रान्डको प्रायोजन

नेपालखबर
चैत १८, २०७८ शुक्रबार १६:५४, काठमाडौँ

‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ। खेलकुदका पोशाक र खेल सामग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो। 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पीयन दिपक विष्ट बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

धनगढी निवासी ओलम्पीयन विष्टले आफ्नै गृह क्षेत्रमा भईरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रुपमा भइरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। 

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिसोर्स र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .