ad ad

खेल


सुदूरपश्चिम स्पोर्टस अवार्ड : सुदूरपश्चिमाञ्चल एकेडेमी मुख्य प्रायोजक

सुदूरपश्चिम स्पोर्टस अवार्ड : सुदूरपश्चिमाञ्चल एकेडेमी मुख्य प्रायोजक

नेपालखबर
चैत १८, २०७८ शुक्रबार २१:५८, धनगढी

‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ रहने भएको छ। 

देशकै सर्वाधिक धनराशीको एसपीए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा अग्रसर हुँदै आएको छ। वर्षेनी एसपीए महिला मेयर कप पनि आयोजना हुँदै आएको छ। 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रायोजनपछि एसपीएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता जनाए। 

अवार्डको तेस्रो संस्करणको तयारी तीब्र रुपमा भइरहेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। सह प्रायोजकमा केल्मी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .