ad ad

खेल


विश्वकप फुटबल ड्र : अर्जेन्टिना र पोल्यान्ड एकै समूहमा

विश्वकप फुटबल ड्र : अर्जेन्टिना र पोल्यान्ड एकै समूहमा

नेपालखबर
चैत १८, २०७८ शुक्रबार २३:७, काठमाडौँ

यसै वर्ष कतारमा हुने विश्वकप फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ।

आगामी नोभेम्बर २१ तारिखमा कतारको दोहामा सुरु हुने विश्वकप फुटबलका लागि सार्वजनिक ड्र अनुसार अर्जेन्टिना र पोल्याण्ड एकै समूहमा परेका छन्। 

अर्जेन्टिना र पोल्याण्ड समूह 'सी' मा परेपछि यो पुस्ताका दुई चर्चित स्ट्राइकर रोबर्ड लेवान्डोस्की र लियोनेल मेस्सीको भेट सुरुमै हुने भएको छ।

बायर्न म्युनिखबाट खेल्दै आएका लेवान्डोस्कीले यो वर्ष फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। 

त्यस्तै यही वर्ष ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई जिताएका मेस्सीले सातौँ पटक बालोड डिओर चुमे।

लामो समय स्पेनिस क्लब बार्सिलोनामा बिताएका मेस्सी यसै सिजन फ्रान्सेली क्लब पीएसजीमा गएका छन्। 

अर्जेन्टिना र पोल्यान्डसँगै समूह 'सी' मा उत्तर अमेरिकाबाट छानिएको मेक्सिको पनि परेको छ। त्यसैगरी यो समूहमा एसियाबाट विश्वकपमा पुगेको साउदी अरेबिया परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .