ad ad

खेल


टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए कीर्तिमान

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए कीर्तिमान

नेपालखबर
चैत १९, २०७८ शनिबार १४:३५, काठमाडौँ

युवा ब्याटर दीपेन्द्रसिंह सिंहले ऐरीले टी-२० आई क्रिकेटमा किर्तिमान कायम गरेका छन। 

घरेलु मैदानमा भएको टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार भएको मलेसियासँगको खेलमा १ सय १० रनको अविजित पारी खेल्दै ऐरी टी-२० मा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने। 

ऐरीले ५५ बलमा शतक प्रहार गरेका हुन्। यसअघि नेपालकोतर्फबाट पुर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। 

दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का मद्धतमा १ सय १० रनमो अविजित पारी खेले।  

योसँगै दीपेन्द्र टी-२० आई क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने। ऐरील] पुर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा बनाएको १ सय ७ रनको किर्तिमान तोडे। 

मलेसियासँगको खेलसँगै  ऐरी टी-२० आईमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने। उनले पुर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्।

टी-२० मा ऐरीले ९ सय ७९ रन बनाएका छन्। पुर्वकप्तान खड्काले ७ सय ९९ र मल्लले ७ सय ४८ रन बनाएका छन्। ५ सय ४८ रन बनाएका कुशल भुर्तेल चौथो स्थानमा छन्।  

खेलमा दीपेन्द्रले टी-२० आईमा पाँचौ अर्धशतक पुरा गरेका थिए। मलेसियाविरुद्धको खेलमा दिपेन्द्रले ३६ बलमा ७ चौका मद्धतमा अर्धशतक पुरा गरेका थिए।  सिरिजमा दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि पीएनजीविरुद्ध ऐरिले ६६ रन बनाएका थिए। 

यसअघि रोहित पौडेलले टी-२० आईमा पहिलो अर्धशतक हानेका थिए। ३२ बलमा अर्धशतक पुरा गरेका रोहितले ३३ औँ बलमा पवेलियन फर्केका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .