ad ad

खेल


मलेसियामाथि नेपालको सानदार जित, फाइनलमा पीएनजीसँग भिड्ने

मलेसियामाथि नेपालको सानदार जित, फाइनलमा पीएनजीसँग भिड्ने

नेपालखबर
चैत १९, २०७८ शनिबार १५:५२, काठमाडौँ

युवा ब्याटर दीपेन्द्रसिहं ऐरीको कीर्तिमानी प्रर्दशनमा पाहुना टोली मलेसियामाथि नेपालले ८५ रनको सानदार जित हात पारेको छ। 

शनिबार त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा नेपालले मलेसियालाई पराजित गरेसँगै टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र पीएनजी भिड्ने भएका छन्। 

सिरिजमा मलेसिया र पीएनजीले समान २ अंक भएपछि नेट रनरेटमा मलेसियालाई पछि पार्दै पीएनजी फाइनलमा पुग्यो। उपाधिका लागि नेपाल र पीएनजी सोमबार खेल्नेछन्।  

नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल अगावै १ सय ३८ रनमा अलआउट भयो। 

मलेसियालाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १९ रन खर्चे। यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरिले समान २-२ विकेट लिए। कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट हात पारे। 

मलेसियाका लागि ओपनर वीरनदीप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए। कप्तान अहमल फैजले ३३ र सायद अजिजले १७ रन थपे। अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो। 

कीर्तिमानी ब्याटिङ गरेका नेपालका दीपेन्द्रसिंह ऐरिले ११० रनको शतकिय अविजित पारी खेले। उनले १ सय १० रनमा नटआउट रहे।

दीपेन्द्रले ५५ बलमा शतक पूरा गरे। उनी यस फर्म्याटमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने। 

तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९६ रनको साझेदारी भयो। रोहित ५१ रन बनाउँदै पवेलियन फर्के। ३४ बलमा उनले ५ चौका हिर्काए।

१३ औँ ओभरको चौथो बलमा लामो सट खेल्ने धुनमा रहँदा उनी मोहम्मद अमिरको बलमा मुहम्मद स्यादातबाट क्याच आउट भए। 

पाँचौ विकेटका लागि ऐरि र आदिल अन्सारीले ५९ रनको साझेदारी गरे। आदिल १४ रनमा रन आउट भए। 

ओपनर आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए। ९ बलमा ३ चौका हान्दै शेख पवन दिपको बलमा सर्विन मुनियन्डीबाट क्याच आउट भए। ८ बलमा २ चौका हानेका भुर्तेल भने मुहम्मद वाफिकको बलमा एलबीडब्लु धरापमा परे। आरिफ शेख २ रनमा पवेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .