ad ad

खेल


तीनपल्ट पेनाल्टीको अवसर पाएको रियल बेन्जेमाको दुई गोलमा विजयी

तीनपल्ट पेनाल्टीको अवसर पाएको रियल बेन्जेमाको दुई गोलमा विजयी

नेपालखबर
चैत २०, २०७८ आइतबार ८:४०, काठमाडौँ

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टा डि भिगोलाई उसकै मैदानमा हराएको छ।

शनिबार राति एवान्का वालाइडोस भिगो स्पेनमा भएको प्रतिस्पर्धामा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडले सेल्टा डि भिगोलाई  २–१ ले हराएको हो। घरेलु टोलीबाट नोलिटोले एक गोल फर्काएका हुन्। 

खेलको १९औं मिनेटमा बेन्जेमाले गोल गरेर रियलले सुरुवाती अग्रता दिलाएका थिए। नोलिटोले इडर​​मिलिसाओविरुद्ध फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। यस अवसरको सदुपयोग गर्दै बेन्जेमाले गोल गरे। 

यसपछि ३९औं मिनेटमा सेल्टाका थियागो गलहार्डोले पनि गोल गरेका थिए तर त्यसलाई भीएआरले मान्यता दिएन। किनिक गोलको मुभमा इगो आसपास अफसाइड देखिएको थियो। ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ को बराबरी बनाए। 

६४औं मिनेटमा बेन्जेमाले पेनाल्टीको अवसर पाएको थियो तर गोल गर्न सकेन। मुरिल्लोले रोड्रिगोविरुद्ध फउल गरेपछि रियललाई पेनाल्टी पाएको थियो तर बेन्जेमाको प्रहार डिटुरोले रोके। 

बेन्जेमाले ७०औं मिनेटमा पेनाल्टीमै गोल गरेपछि भने रियलको जित भयो। यसपटक पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फउल गरेपछि रियल पेनाल्टी पाएको थियो। 

यो जितसँगै शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक जोड्दै यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।  रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको म्याड्रिडलाई १२ अंकले पछि पारेको हो। 

एक खेल कम खेलेको सेभिया र समान खेल खेलेको एट्लेटिकोको ५७ अंक छ। हारेको सेल्टा ३६ अंकका साथ ११औं स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .