स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि १–० गोल अन्तरको जित हात पारेको छ।
आइतबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको ७२ औं मिनेटमा पेड्रीले गोल गरेका थिए।
यससँगै बार्सिलोनाले यसपटकको ला लिगाको उपाधिको सम्भावना भने कायम राखेको छ।
बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले २९ खेलबाट ५७ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले ३० खेलबाट ६९ अंक जोडेको छ। रियल बार्सिलोनाभन्दा अझै १२ अंकले अगाडि छ।
आइतबारको खेलमा महत्वपूर्ण तीन अंक जोडेको बार्सिलोना पछिल्लो १४ खेलमा अपराजित छ।
57
Shares
प्रतिक्रिया