नेपाल, मलेसिया र पीएनजीबीचको त्रिकोणात्मक शृङ्खलाको फाइनलमा सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे १२ बजेबाट खेल सुरु हुनेछ।
यसअघि समूह चरणको खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो।
पीएनजीले भने समूह चरणमा मलेसियासँगको एक खेल मात्र जितेको थियो।
33
Shares
प्रतिक्रिया