ad ad

खेल


दिपेन्द्र टी२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

दिपेन्द्र टी२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

नेपालखबर
चैत २१, २०७८ सोमबार १३:३४, काठमाडौँ

अलराउण्डर दिपेन्द्र सिंह ऐरीले टी२० आईमा नयाँ कीर्तिमान कायम गरेका छन्। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टि २० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध १६ बलमा २१ रन बनाएपछि उनले १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। 

ऐरी यसअघि पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। 

दिपेन्द्रले ३९ खेलमा १ हजार रनको कोशेढुङ्गा पार गरेका हुन्। 

दिपेन्द्रले पीएनजीविरुद्ध १३ औं ओभरको तेस्रो बलमा २ चौका मद्दतमा २१ रन बनाएपछि यो कीर्तिमान बनाएका हुन्। 

उनले ३४ इनिङ्गमा एक शतकको मद्दतमा यो कीर्तिमान बनाएका हुन्। उनले ४ अर्धशतक, ७८ चौका र ३२ छक्का प्रहार गरेका छन्। टी२० आईमा दिपेन्द्रले सिरिज अन्तर्गत नै मलेसियाविरुद्ध १ सय १० रनको नटआउट पारी खेलेका थिए। जुन टि २० आईमा उनको सर्वाधिक रन हो। 

उनीपछि पूर्वकप्तान खड्का ३३ खेलमा ७९९ रन बनाउँदै दोस्रो स्थानमा छन्। मल्लले ४० खेलमा ७४८ रन बनाएर तेस्रो स्थानमा छन्।  कुशल भुर्तेल ५६४ रन बनाएर चौथो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .