त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन्।
टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको छ। अहिले पीएनजी जवाफी ब्याटिङमा छ।
जवाफी ब्याटिङमा रहेको पीएनजीले औसत सुरुवात गरेको छ। उसले ४ ओभर सकिँदा २५ रन बनाउँदै २ विकेट गुमाएको छ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। उनले १४ बलमा ८ रन बनाएका लेगा सियाकालाई आउट गरे।
त्यसपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले असद भालालाई पेभेलियन फर्काए। पीएनजीका टोनी ऊरालाई ऐरीले नै पेभेलियन फर्काइदिएका छन्।
चाँडै तीन विकेट गुमाएपछि पीएनजी अहिले दबाबमा परेको छ। यता नेपाली टिम भने दबाबमा राख्न सकेकाले खुसी भएको छ।
90
Shares
प्रतिक्रिया